२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसिया रोजगारीमा जाने कामदार बढेपछि अभिमुखीकरण तालिमको दायरा विस्तार

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको संख्या लगातार बढ्दै गएपछि सरकारले सो गन्तव्यसँग सम्बन्धित अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाको संख्या वृद्धि गर्ने तयारी गरेको छ।

वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका तालिम प्रदायक संस्थाबाट मात्र मलेसिया जाने कामदारको माग धान्न कठिन भएको उल्लेख गरेको छ। यही कारण नयाँ संस्थालाई मलेसिया क्लष्टरमा अभिमुखीकरण तालिम सञ्चालनको अनुमति दिन प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।

अन्य देशका लागि अभिमुखीकरण तालिम दिइरहेका तर मलेसिया क्लष्टरमा स्थानान्तरण हुन इच्छुक संस्थालाई तीन दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न आह्वान गरिएको छ। विभागका अनुसार मलेसिया गन्तव्य रोज्ने कामदारको संख्या दिनानुदिन बढ्दा विद्यमान तालिम केन्द्रमा चाप बढेको अवस्था छ।

यस प्रक्रियामा सहभागी हुन चाहने संस्थाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ ले तोकेका मापदण्ड पूरा गर्नुपर्नेछ। साथै मलेसियाका लागि निर्धारण गरिएको पाठ्यक्रम, आवश्यक योग्यता पुगेका प्रशिक्षकको विवरण, विगतमा सञ्चालन गरेका तालिमका विषयमा विभागीय अभिलेखमा कुनै समस्या नरहेको स्वघोषणा तथा क्लष्टर परिवर्तन गर्न चाहनुको स्पष्ट कारण सहितको निवेदन पेश गर्नुपर्ने विभागले स्पष्ट पारेको छ।