२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित र निष्पक्ष मतदानको वातावरण सुनिश्चित गर्नुपर्नेमा उपराष्ट्रपति यादवको जोड

अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताले निर्भीक, स्वतन्त्र र निष्पक्ष रूपमा मतदान गर्न सक्ने अवस्था सुनिश्चित गर्नु लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताएका छन्।

शनिबार सिंहदरवारमा आयोजित कार्यक्रममा उनले निर्वाचन प्रक्रियाको विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नागरिकको मताधिकार सुरक्षित हुनु संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। यस सन्दर्भमा सञ्चारमाध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले तथ्यमा आधारित सूचनाको प्रवाह र मतदाता सचेतना अभिवृद्धिमा योगदान दिन आग्रह गरेका छन्।

उपराष्ट्रपति यादवले निर्वाचन अवधिभर शान्तिपूर्ण वातावरण निर्माण, सही जानकारीको सम्प्रेषण तथा नागरिकको विश्वास कायम राख्न पत्रकारिताको जिम्मेवारी अझ बढ्ने बताए। उनले पत्रकारितालाई लोकतन्त्रको आधार स्तम्भका रूपमा स्मरण गर्दै समावेशिता, समान अवसर र सबै वर्गको आवाजलाई प्रतिनिधित्व गर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्ने धारणा राखेका छन्।

उनले बदलिँदो सञ्चार प्रविधिको सन्दर्भमा डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत आमनागरिकसम्म पुग्नुपर्ने आवश्यकता औँल्याए। राष्ट्रको साझा आवाजलाई सशक्त बनाउने जिम्मेवारी सञ्चारमाध्यमको प्रमुख दायित्व भएको उल्लेख गर्दै सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोणका साथ राष्ट्र निर्माणमा योगदान गर्न उनले आह्वान गरेका छन्।