काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब दुई अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक १.७१ प्रतिशतले बढेर २७२८.२२ विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ६६ वटा स्क्रिप्सको २३ हजार ४८१ वटा कित्ता सेयर १ करोड ४७ लाख ६९ हजार ७३९ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ । बाँकी १० वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।







