काठमाडौँ । विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन्।
बुधबार अपराह्न ४ बजेतिर भृकुटीमण्डप स्थलमा विशेष महाधिवेशन पक्षधरले देउवाविरुद्ध नाराबाजी गर्न थालेका हुन्।
संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुला मन्सुरलाई कारबाही गर्ने निर्णय गरेपछि महाधिवेशन स्थलमा नाराबाजी भएको हो। गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा नाराबाजी समेत भएको छ।







