२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छ: मन्त्री खरेल

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता  सुनिश्चित हुने बताएका छन् ।

येशु ख्रिस्टको शुभजन्मोत्सव २०८२ को अवसरमा राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले फागुन २१ गते हुने निर्वाचनमार्फत मुलुकमा नयाँ परिवर्तन र समृद्धिको ढोका खोल्नुपर्नेमा जोड दिए । 

“देशको समृद्धि भए मात्रै नागरिकको हक र अस्तित्व रहन्छ, त्यसपछि हाम्रो मौलिक हक र धर्मको स्वतन्त्रता सुनिश्चित हुन्छ । गलत राजनीतिक अवस्थाले हाम्रा सन्ततिहरू विदेश जानुपर्ने अवस्था आएको हो, त्यो अवस्थालाई रोक्न पनि इतिहास र जेन जेडहरूको बलिदानले राम्रो नेता र नेतृत्व छान्ने अवसर दिएको छ, त्यसको उपयोग गरौँ”, मन्त्री खरेलले भने ।

उनले भ्रष्टाचार, बेथिति, अन्याय, कुशासन, अनियमितता र असमानताको खाडल पुर्न पुराना दल असफल भएको आरोप लगाए । “समृद्धिको अभियानमा पुराना दल अगाडि बढ्न सकेनन्, । हरेक क्षेत्रमा चरम दलीयकरण भयो र सपना मात्रै देखाएर बिसौँ वर्ष बित्यो”, मन्त्री खरेलले भने,“अब परिणाम चाहिएको छ । भोट दिने बेलामा सचेत बनौँ, पाँच वर्षसम्म राजनीतिक दललाई गाली गर्ने अवस्था आउन नदिऔँ ।”

नेपाल विविध जात, धर्म, संस्कृति र परम्परालाई अंगालेर मिलेर बसिरहेको देश हो भन्दै उनले त्यसलाई जोगाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । “हामीसँग मानवतासहित समग्रमा नेपाली हौँ भन्ने भावना छ, हिन्दु, बौद्ध, मुस्लिम, ख्रिष्टियनलगायत सबै धर्मले हिंसा गर्नुहुँदैन, अन्याय गर्नुहुँदैन भनेको छ । हरेक धर्मले मानवताको कुरा गरेको हुन्छ, मेरो लागि पनि सबैभन्दा ठुलो धर्म भनेकै मानवता हो, म मानवताको सम्मान गर्छु । सबैले धर्मको मर्मअनुसार काम गर्न सक्नुपर्छ”, उनले भने ।