२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्यालले भने : ‘विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔँ’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताएका छन्।

सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड), खुमलटारमा आयोजना गरेको दुई दिने “पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी’’ चौथो राष्ट्रिय संवादको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

नेपाल बहुप्रकोपीय विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील मुलुक रहेकोले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्री अर्यालले भने, “यसका लागि हामीलाई विशेष गरी जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्व सूचना प्रणालीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहनेछन् ।’’

मन्त्री अर्यालले यी सबै कुरालाई नेपालले आफ्नो नीतिगत तथा कानुनी व्यवस्थामा स्पष्ट रूपमा समेट्दै आएको पनि बताए ।

उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले संघ, प्रदेश र स्थानीय तहमा बहुप्रकोप पूर्व सूचना प्रणाली सञ्चालन गर्ने जिम्मेवारी तोकेको बताए ।

“विपद्को पूर्व तयारी गर्दा सही र समयमै गरिएको निर्णय तथा पूर्वकार्यले धेरैको ज्यान बचाउन सक्ने बताउनु हुँदै,’’ मन्त्री अर्यालले भने, “विपद् पूर्व तयारी, पूर्व सूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको छ ।’’

यसमा प्राधिकरणले खेलेको भूमिका प्रशंसनीय रहेको मन्त्री अर्यालले उक्त अवसरमा बताए ।