२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेवारिसे भेटिए लुटपाट गरिएका हातहतियार 

अ+ अ-

काठमाडौँ । झापाको दमक नगरपालिका-१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ ।

स्थानीयले आज साँझ करिब ५:०० बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएको थियो । 

टोलीले उक्त स्थानमा पुगेर जाँच गर्दा खिया लागेको अवस्थामा विभिन्न हातहतियार तथा गोलीगठ्ठा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार बरामद गरिएका हातहतियार गत भदौ २४ गतेको जेन जेड आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयबाट आन्दोलनकारीले लुटपाट गरी लगेका भनी अभिलेखमा उल्लेख भएका हतियारसँग मेल खाने देखिएको छ ।

बरामद सामग्रीमा म्यागजिनसहितका दुई थान इन्सास राइफल, म्यागजिन नभएको एक थान इन्सास राइफल, ३०३ बोरका १३४ राउण्ड, एसएलआरका पाँच राउण्ड, इन्सासको जंगी राउण्ड २० थान तथा गोली राख्ने बिन्दुली तीन थान रहेका छन् । 

बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा रीतपूर्वक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।