२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत भोलि लिने भएका छन् ।

मुख्यमन्त्री यादवले मधेस प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली काँग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा विद्यमान अवस्थाअनुसार मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ । विश्वासको मत प्राप्त गरेपछि मधेस प्रदेश सरकारको कार्यकाल थप स्थिर हुने र बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका कार्यमा सरकार अझ सक्रिय हुने अपेक्षा गरिएको छ ।

सभामुखका लागि पुस ६ गते निर्वाचन हुने
यसैबीच मधेस प्रदेशसभाको सभामुखका लागि यही पुस ६ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति तय भएको बताए। प्रदेश सभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

निर्वाचनका लागि पुस ५ गते सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालालाई निर्देशन दिइएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख ईशरले राष्ट्रपति कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा सर्वोच्च अदालतबाट प्राप्त विभिन्न विषयका पत्रहरू बैठकमा पढेर सुनाएका थिए ।

प्रदेश सभाको अर्को बैठक पुस ४ गते शुक्रबार साँझ ४ बजे बस्ने जनाइएको छ ।