२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’-राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुकलाई लैजानुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन सभामा उनले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाले देशले जित्ने खालको निर्णय गर्न र मुलुकको उपलब्धिलाई संरक्षण गर्दै जनताको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको स्वाधीनता र प्राप्त उपलब्धिको रक्षा गर्न सम्पूर्ण कम्युनिष्ट विचारधारा पार्टी एकताबद्ध हुनुपर्ने उल्लेख गरे । उनले विगतमा ठूलो संघर्ष गरेर मुलुकलाई यहाँसम्म दलले ल्याएका स्मरण गर्दै वर्तमान परिस्थितिमा जनताले एमालेलाई नजिकबाट हेरिरहेका बताए ।

महासचिव चन्दले देशको स्वाधीनताका लागि एमालेसँग सहकार्य गरेर जाने बताउँदै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर नयाँ युगलाई सम्बोधन गर्न सक्ने गरी एउटै रातो झण्डामुनि सबै कम्युनिष्ट हुने विश्वास व्यक्त गरे । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रकाश अधिकारीले एमालेको नयाँ नेतृत्वले नेपालको रक्षा गर्ने किसिमको निर्णय गर्ने बताउँदै एमालेको समृद्ध नेपाल: सुखी नेपालीको नारा सफल होस् भन्ने कामना गरे ।

उनले गत भदौ २३ र २४ गते सिंहदरवार, सर्वोच्च अदालत, देशभरका सार्वजनिक कार्यालय, व्यक्तिका घर जलाइनु दुख भएको बताए । जेन जेड आन्दोलनमा महत्त्वपूर्ण दस्ताबेज जलाइएको अवस्थामा देशलाई सही मार्गमा एमालेले लैजानुपर्नेमा जोड दिए ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष वसन्त कुशवाहाले एमालेले जनमत पार्टीप्रति सकारात्मक सद्भाव देखाएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले एमालेले अहिलेको विषम परिस्थितिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका मह सचिव डा. सुरेन्द्र झाले एमालेको महामहाधिवेशनले सम्पूर्ण नेपाली जनतामा ऊर्जा प्रदान गर्ने काम गरेको बताए । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले देशलाई समृद्ध बनाउन राजनीतिक शक्तिबीच उन्नत र मजबुद खालको सहकार्य जरुरी रहेको बताउँदै सम्पूर्ण राजनीतिक दल एकताबद्ध वर्तमान परिस्थितिबाट माथि उठ्नुपर्नेमा जोड दिइन् ।

उद्घाटन समारोहमा स्वागत गर्दै एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेपाली जनताको मनमा बसेकाले मुलुकको विकास गर्ने बताए । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए । एमाले महाधिवेशन सफलताकला लागि देश विदेशबाट शुभकामनासमेत प्राप्त भएको उनले जानकारी दिए ।

कार्यक्रममा एमाले भक्तपुर कमिटीले नेपालको चुच्चे नक्सासहितको फ्रेम र भक्तपुरको भाँदगाउँले टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको थियो । कार्यक्रम विभिन्न जातजाति, भाषाभाषीले सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेका थिए भने विभिन्न गीतसंगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । यो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।