काठमाडौँ । यात्रुहरूको बाँकी रहेको रकम फिर्ता गर्न भारतको नागरिक उड्डयन मन्त्रालयले इन्डिगो उडानलाई निर्देशन दिएको छ।
मन्त्रालयले सबै रद्द गरिएका वा प्रभावित उडानहरूको फिर्ता प्रक्रिया डिसेम्बर ७, २०२५ आइतबार राति ८:०० बजेसम्ममा पूरा गरिसक्न निर्देशन दिएका हुन् ।
उडान रद्द हुँदा यात्रा योजना प्रभावित भएका यात्रुबाट कुनै पनि पुनः तालिका शुल्क नलिन पनि एयरलाइन्सहरूलाई निर्देशन दिइएको छ।
उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको थियो ।
विमानस्थलहरूमा यात्रुहरू भुईँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयर लाइनबाट स्पष्ट जानकारी नपाएको दृश्यहरू देखिएका थिए ।







