२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटवार्ताका क्रममा शुभकामना आदानप्रदानसँगै नेपाल–फिनल्यान्ड द्विपक्षीय सम्बन्ध, नेपालको सामाजिक–आर्थिक विकासमा फिनल्यान्डको सहयोग तथा बहुपक्षीय मञ्चमा सहकार्यबारे महत्त्वपूर्ण छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले सन् १९७४ मा दौँत्य सम्बन्ध स्थापना भएपश्चात् नेपाल र फिनल्यान्डबीच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्धप्रति खुसी व्यक्त गर्दै फिनल्यान्डको सहयोग विशेषतः वन क्षेत्र, जलवायु सहनशीलता, शिक्षा, सुरक्षित खानेपानी, विपद् व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशितामा केन्द्रित रहनु प्रशंसनीय भएको बताए ।  

“फिनल्यान्डले बहुपक्षीय मञ्चमा जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा निर्वाह गरेको भूमिकाको नेपालले प्रशंसा गर्दछ,” उनले भने,  “आपसी हितका विषयमा दुईपक्षीय तथा बहुपक्षीय मञ्चमा नेपाल र फिनल्यान्डको सहकार्य निरन्तर जारी रहने विश्वास लिएको छु ।”

उपराष्ट्रपति यादवले नेपाल आगामी वर्ष अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको जानकारी दिए। यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन फिनल्यान्डसहित विकास साझेदारबाट प्रविधि, लगानी तथा आर्थिक साझेदारी अपरिहार्य हुनेमा उनले जोड दिए । 

राजदूत पुहक्काले फिनल्यान्ड युरोपेली संघसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका तीन प्रमुख द्विपक्षीय विकास परियोजनाबारे जानकारी दिए। उनले भने, “ती परियोजनामा कर्णालीमा सुरक्षित तथा दिगो पानी र सरसफाइमा पहुँच सुधार गर्ने, कर्णाली तथा सुदूरपश्चिममा प्राकृतिक स्रोत व्यवस्थापन तथा जीविकोपार्जनमार्फत जलवायु प्रतिरोधात्मक क्षमता निर्माण गर्ने एवं कर्णाली, सुदूरपश्चिम तथा मधेसमा विद्यालय सुदृढीकरण गर्दै शिक्षकलाई आवश्यक उपकरण उपलब्ध गराउने रहेका छन् ।”