२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेषज्ञ चिकित्सक नहुँदा बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द   

अ+ अ-

काठमाडौँ। विशेषज्ञ चिकित्सक नहुँदा म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रिया सेवा बन्द भएको छ । ५० शय्या क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा ‘हाइड्रोसिल’, ‘एपेन्डिसाइटिस’ र ‘हर्निया’ लगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो ।

विशेषज्ञ डा. अशोक पन्त १ मंसिरदेखि राजीनामा दिएर गएको र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अर्का चिकित्सक पठाउन नसक्दा सेवा बन्द भएको हो । गत १५ कात्तिकदेखि बन्द भएको शल्यक्रियामार्फत गरिने प्रसूति सेवा पनि अझै सुरु भएको छैन । अस्पतालको करार दरबन्दीमा कार्यरत चिकित्सक सरोज यादवले राजीनामा दिएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि बागलुङ र पोखरा जानुपर्ने बाध्यता सुरु भएको छ ।

प्रदेश सरकारले विशेषज्ञ चिकित्सक खटाउन ढिलाइ गर्दा शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि समय र रकम खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको बेनीका स्थानीय दिनेश ढुंगनाले गुनासो गरे । सेवा बन्द हुँदा म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका सर्वसाधारण मर्कामा परेका छन् । म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चिकित्सकको व्यवस्थाका लागि स्वास्थ्य मन्त्री कृष्ण पाठकलाई ताकेता गरेको बताए ।

‘चिकित्सक खटाउन स्वास्थ्य मन्त्रीलाई दैनिक जसो फोन गरेर ताकेता गरेका छौँ,’ उनले भने, ‘एक दुई दिनमा चिकित्सक आउने प्रतिबद्धता जनाए पनि ढिलाइ भएको छ ।’

गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समिति प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पताल नेतृत्वविहीन भएका हुन् ।

बेनी अस्पतालले अन्तरंग र बहिरंगसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा. रामु सापकोटाले बताए । वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको २०७४ सालदेखि सुरु भएको भवन निर्माणले पूर्णता नपाउनु र दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौती बनेको छ ।