२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन आग्रह

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । 

जसपा रौतहटले आज दुर्गाभगवती गाउँपालिका-४ मा आयोजना गरेको भेलामा उनले चुनाव घोषणा गरिए पनि हालकै अवस्थामा चुनावको वातावरण बन्नेमा द्विविधा रहेको धारणा राखेका हुन्। 

अध्यक्ष यादवले मतदाताले निर्धक्क भएर मतदानस्थल पुगेर मत खसाल्ने वातावरण बनाउन सरकारले सम्पूर्ण ध्यान लगाउनुपर्नेमा जोड दिए । 

“नेपालको इतिहासमै पहिलो पटक प्रहरीको मनोबल गिराउने काम भएको छ । निर्वाचनमा सुरक्षा दिने प्रहरीकै मनोबल उकास्न सकिएन भने समस्या हुन्छ । त्यसैले यसतर्फ बढी जोड दिनुपर्छ”, उनले भने,“सरकारले सेना परिचालन गरेर भए पनि चुनाव गराउँछु भनिरहेको छ । यो लोकतान्त्रिक हुँदैन । लोकतन्त्रमा सेना परिचालन गरेर चुनाव गरिँदैन, विश्वका कुनै पनि लोकतान्त्रिक देशमा सेना परिचालन गरेर चुनाव भएको देखिँदैन ।”

अध्यक्ष यादवले नेपालमा बहुदलीय व्यवस्था लागू भएको ३५ वर्ष बितिसक्दा पनि ठूला दलले नै निरन्तर सरकारको नेतृत्व गर्दै आए पनि देशको मुहार परिवर्तन गर्न नसक्दा पछिल्लो ‘जेन जेड’ प्रदर्शन हुने अवस्था आएको टिप्पणी गरे । उनले आगामी निर्वाचनलाई देशको भविष्य परिवर्तन गर्ने महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् ।