२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दै कामपा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । 

उद्यमशीलतासँग सम्बन्धित ‘एक वडा, एक नमूना कार्यक्रम’ ले नतिजा प्रदान गर्न थालेको उपप्रमुख डंगोलको दाबी छ । उनका अनुसार महिला समूहहरूलाई पनि उद्यमी बनाउने लक्ष्य दिइएको छ । यसलाई नीतिगत रूपमा नै व्यवस्था गरिने उनको भनाइ छ ।

“घरमै बसे पनि हातमा केही न केही सीप हुन सक्छ । कसैलाई मीठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सीप हो । मैले के जानेको छु र रु भनेर नबस्नु होला”, उनले महिलाहरूलाई प्रोत्साहित गरे । 

महिला समितिबाट महिलाहरूको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति ९स्वाभिमान, मर्यादा, आवाज र प्रभाव० र अभिकार्य ९अग्रता, समर्पण र समाधान०मा सकारात्मक परिवर्तन आएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको भनाइ छ । 

कामपाले सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । विसं २०७८ मा सबै वडामा समूह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् । यी समितिअन्तर्गत पाँच/पाँच जना रहेका अरु ६०० वटा समूह छन् । समूहका सदस्यहरूले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा रु १०० देखि ५०० सम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक दुई वर्षमा ब्याजसहित फिर्ता हुन्छ । 

कामपाभित्रका समूहमा अहिले तीन हजार एक जना सदस्य छन् । समूहहरूको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सीपमूलक तालिमबाट उनीहरू आयआर्जनसमेत गर्छन् । गठन गरिएका समूहमा आबद्ध भएपछि महिलाहरू घर बाहिर आउन सक्छन् । महिला सशक्तीकरणको पहिलो पाइला यही नै रहेको बताइएको छ ।