काठमाडौँ । डिभिजन फुटबल क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालय अगाडि धर्ना दिएका छन् ।
लिगका सबै प्रतियोगिता समयमै गर्न ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग राख्दै एन्फा गेट अगाडि धर्ना दिएका हुन् ।
एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरूलाई छलफलमा बोलाएको छ । तर क्लबहरू भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन् ।
उनीहरूको प्रदर्शनलाई लक्षित गरी गेट अगाडि पुलिसहरू तैनाथ गरिएको छ ।







