२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगजनी र तोडफोड गर्नेविरुद्ध जाहेरी दर्ता

अ+ अ-

काठमाडौँ । गत भदौ २४ गते जेन जेडको आवरणमा भइरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ । 

नेपाली काँग्रेस पर्वत र नेकपा (एमाले) पर्वतले आज संयुक्त रूपमा जाहेरी दिएका हुन् । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीसहित पदाधिकारी र एमालेका जिल्ला अध्यक्ष गोविन्द पहाडीसहित पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर जाहेरी दर्ता गरेका हुन् । 

उनीहरूले आगजनी र तोडफोडमा संलग्नको तस्बिर, भिडियो फुटेज र विवरणसहित जाहेरी दर्ता गरेका हुन् । 

अराजकता मच्चाउनेमा अधिकांश कुलतमा लागेका, लागु औषध प्रयोगकर्ता, प्रहरीमा विभिन्न समयमा मुद्दा परेकोको जाहेरीमा उल्लेख छ । अध्यक्ष पहाडीले आज पार्टी कार्यालय र पूर्व मन्त्री पद्म गिरीको घरमा आगजनी गर्नेले भोलि समाजमा कसैलाई पनि बाँकी नराख्ने भएकाले तत्काल कारबाहीको दायरमा ल्याउन आग्रह गरे । अहिले जाहेरी मात्र दिइएको र कारबाही नभएमा किटानी जाहेरीसमेत दिने उनको भनाइ छ । 

भदौ २४ गते भएको आगजनीबाट नेकपा एमालेको पार्टी कार्यालयमा ४४ लाखभन्दा बढी, नेपाली काँग्रेसको कार्यालयमा साढे २१ लाख, पूर्वमन्त्री पद्म गिरीको घर र माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी गरेका थिए । त्यस्तै, सहिद गोविन्दनाथ शर्मा र अमृतप्रसाद जोशीको सालिकमा तोडफोड गरेका थिए । 

जाहेरी बुझ्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जाहेरीका आधारमा भोलिदेखि नै सूक्ष्म अनुसन्धान सुरु गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।