२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी सम्झौतामा करिब ७ अर्ब रुपैयाँ अनुदान रकम थप्ने अमेरिकाको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान रकम थप्ने घोषणा गरेका छन् ।

योसँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधार पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणाली सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि सम्भव बनाउने जस्ता मुख्य उद्देश्य पूरा गर्न मद्दत गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँच सुधार गरी यो सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यास प्रवर्द्धन गर्ने अपेक्षा छ ।

सम्झौताले अमेरिकी प्रविधि र कम्पनी नेपाली बजारमा प्रवेश गर्ने अवसर विस्तार गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको चीरस्थायी साझेदारी प्रतिबिम्बित गर्नेसमेत दूतावासको भनाइ छ ।

‘दशकौँसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धि अघि बढाउन सँगै काम गरेका छन्, एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायता मार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ,’ अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा छ ।

एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ हुँदा त्यसबाट बढ्ने लागत पूर्तिका लागि अनुदान बढाउने निर्णय गरिएको हो ।

अमेरिकी संसद् (कङ्ग्रेस) लाई १८ डिसेम्बर २०२४ मा एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना दिएको थियो ।