काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ ।
नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्नेबारे निर्णय लिन जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
सोमबारदेखि बसेको बैठक बुधबार निर्णयमा पुग्ने जनाइएको छ । कार्यकारिणी समितिमा चार जना आमन्त्रित सदस्य सहित १५ जना छन् ।
आजको बैठकले पार्टीले औपचारिक निर्णय लिने जानकारी गराइएको छ ।







