२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व सुधारका प्रतिवद्धतासहित आन्तरिक राजस्व विभागले मनायो राष्ट्रिय कर दिवस-२०८२

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व विभागले “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस-२०८२ भव्य रूपमा मनाएको छ।

सोमबार लाजिम्पाटस्थित विभागीय परिसरमा आयोजित समारोहमा कर प्रशासन बलियो बनाउन, आधुनिक प्रणालीद्वारा सेवा सरल र सहज बनाउँदै करदातामैत्री वातावरण निर्माण गर्ने कार्यक्रमको अध्यक्षता गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले प्रतिबद्धता व्यक्त गरे ।

दहालले कर प्रशासनमा सदाचारिता र सुशासनलाई प्राथमिकता दिँदै करदातासम्बन्धी अधिकांश सेवा स्थानीय तहमार्फत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। उनले सेवा वितरणलाई नागरिक नजिक पुर्‍याउन प्रणालीगत सुधारलाई विभागले निरन्तरता दिने बताए।

प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जेनजेड आन्दोलनले दिएको सन्देशअनुसार सार्वजनिक निकायदेखि निजी क्षेत्रसम्म सबैले नैतिकता, पारदर्शिता र जबाफदेहितामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले कराधार विस्तार, आर्थिक वृद्धि, दिगो विकास र लाभको समतामूलक वितरणका लागि राजस्व क्षेत्र सुदृढ गर्नुपर्नेमा जोड दिए।

अर्थमन्त्री खनालले ४० लाखसम्म आय भएका र एकल रोजगारदाता भएका व्यक्तिका लागि क्युआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र प्रणाली तथा राष्ट्रिय परिचयपत्रसँग आबद्ध व्यक्तिगत स्थायी लेखा नम्बर स्व–आवेदन सुविधाको शुभारम्भ पनि गरे।

कार्यक्रमका विशिष्ट अतिथि अर्थ तथा राजस्व सचिव भुपाल बरालले निजी क्षेत्रसँग समन्वय गरी कर दायरा विस्तार, बक्यौता न्यूनीकरण, चुहावट नियन्त्रण र पेपरलेस-फेसलेस कर सेवा प्रवर्द्धन गर्न निर्देशन दिए। उनले विश्व कर प्रणालीमा देखिएका नयाँ प्रवृत्तिअनुसार जनशक्ति तालिम र प्रशासनिक दक्षता बढाउने आवश्यकता उल्लेख गरे।

निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूले स्थिर कर नीति, प्रविधिको उच्च प्रयोग र करदातामैत्री सेवाका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक रहेको उनले बताए। उनले नेपालभित्रै ठूलो आर्थिक सम्भावना रहेको उल्लेख गर्दै जनमानसमा सकारात्मक भावनाको विकास गर्न राज्यले भूमिका खेल्नुपर्ने सुझाव दिए।

कार्यक्रममा निजी क्षेत्र, सञ्चार क्षेत्र तथा उपत्यकास्थित राजस्व कार्यालयका कर्मचारीको उल्लेख्य उपस्थिति थियो। राष्ट्रिय कर दिवसको अवसरमा १६ विधामा उत्कृष्ट योगदान दिने करदाताहरूलाई सम्मान गरिएको विभागले जनाएको छ। विभागले कर प्रशासन र करदाताबीचको पारदर्शी सहकार्य र दिगो साझेदारीलाई यस दिवसले थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।