२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीका सभामुखद्वारा ५ जनाको स्वकीय सचिवालय विघटन

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले ५ जनाको आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन्।

संघीय सरकारले सांसद, मन्त्रीहरूका सचिवालय घटाउने निर्णय गरी प्रदेशलाई पत्राचार गरेपछि उनले नैतिकताका आधारमा यसलाई हटाएका हुन् । प्रदेश सभा स्रोतका अनुसार उनले ५ जनाको निजी सचिवालय राखेका थिए ।

सभामुख घर्ती मगरले विज्ञप्ति नै जारी गरेर प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको जनाएका छन् ।

जुन निर्णय सोमबारदेखि लागू भएको छ । तर संघले जारी गरेको सर्कुलरमा सभामुख र उपसभामुखको बारेमा केही उल्लेख छैन तर नैतिकताको आधारमा तत्काललाई हटाएको सभामुख घर्तीले जनाएका छन् ।

घर्तीले सचिवालय हटाएको पत्र आइतबार नै प्रदेश सभामा दर्ता भइसकेको छ । यो पत्रअनुसार कार्तिकसम्मको सुविधा उनीहरूले पाउनेछन् भने मंसिरदेखिको कुनै हिसाब हुनेछैन ।