२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो

अ+ अ-

काठमाडौँ। नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् ।

कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार अर्थात् ०.०१ प्रतिशत रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो ।

यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँमा सीमित रह्यो । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँ (५.८९ प्रतिशत) ले घटेको हो ।

मुनाफातर्फ पनि कम्पनी कमजोर देखिएको छ । ब्याज, कर, मूल्यह्रास लगायत ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँमा रोकिँदा गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कमी आएको टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा २ अर्ब ८८ करोड २१ लाख १६ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कर अघिको मुनाफा  ३ अर्ब ५५ करोड ३६ लाख ९४ हजारको तुलनामा ६७ करोड १५ लाख ७८ हजार (अर्थात् १८.९०  प्रतिशत) ले कमी भएको हो ।

यसैगरी यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म खुद मुनाफा  १  अर्ब ३२ करोड ५१ लाख ७५ हजार रुपैयाँ छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा १ अर्ब ७३ करोड ९५ लाख ९० हजारको तुलनामा ४१ करोड ४४ लाख १५ हजार (अर्थात्  २३.८२ प्रतिशत) ले कमी भएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ ।

विश्वभर ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने कलमा उल्लेखनीय कमी आउँदा राजस्व तथा नाफामा गिरावट आएको कम्पनीको बुझाइ छ । अन्तरआवद्धता राजस्व मात्र करिब १० करोड ९७ लाख रुपैयाँले घटेको छ। त्यस्तै, बैंकिङ बजारमा ब्याजदर घटेपछि मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी ५० करोड रुपैयाँले घटेको टेलिकमले जनाएको छ।

कर्मचारी खर्च पनि बढेको देखिन्छ। कर्मचारी बीमा खर्च बढ्नुका साथै, अघिल्लो वर्ष ७.५ प्रतिशत रहेको छुट दर घटेर ७ प्रतिशतमा आउँदा पेन्सन तथा अवकाश सम्बन्धी दायित्व बढेको कम्पनीले उल्लेख गरेको छ। यस कारण मात्र कर्मचारी खर्चतर्फ करिब ८.८ करोड रुपैयाँ अतिरिक्त बढेको छ।

राष्ट्रको सञ्चार सेवा प्रदान गर्ने संस्थाका रूपमा टेलिकमले दुर्गम र विकट क्षेत्रमा समेत सेवा विस्तारमा निरन्तर लगानी गर्दै आएको छ। कम प्रतिफल र उच्च लागतका बीच पनि सेवा सुधार तथा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएकाले खर्च बढ्न गएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।