२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा खैरो हेरोइनसहित ९ जना पक्राउ

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले २० ग्राम ६१० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित ९ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित चार वटा मोटरसाइकल र ९ जनालाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकमा चेकजाँचका क्रममा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डाँगीसहित तीन जनालाई पक्राउ गरेको छ ।

उनले चलाएको म२प ३१०७ नम्बरको मोटरसाइकल र पछाडि सवार डोटीको जोरायल गाउँपालिका-२ बस्ने २० वर्षीया डम्मरी भण्डारी र डडेल्धुराको आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा रहेका छन् । उनीहरूको साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै, भजनी नगरपालिका-३ को कुसमघाटमा गरिएको चेकजाँचमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सु.प.प्र.०१-००९ प ३५११ नम्बरको मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र पछाडि सवार २२ वर्षीय आकाश चौधरी रहेका छन् ।

उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका-५ को गेटामा थप दुई जनालाई पक्राउ गरिएको छ ।

चेकजाँचका क्रममा विजय बिष्टले चलाएको से ६ प ७५९४ नम्बरको मोटरसाइकल र पछाडि सवार राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी प्रहरीले लम्कीचुहा नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई बागमार क्षेत्रबाट पक्राउ गरेको छ ।

उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । हाल उनीहरूलाई नियन्त्रण लिई आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।