२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानविरुद्ध अख्तियारमा निवेदन

अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) प्रसारण अधिकार वितरणमा अनियमितता र नीति-स्तरको भ्रष्टाचार गरेको आरोप लगाउँदै एमएसएम भिडियो एपले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।

निवेदनमा क्यानले एनपीएलको लाइभ स्ट्रिमिङ र ओटीटी प्रसारण अधिकार टेण्डर मूल्यांकनमा मिलेमतो र आर्थिक स्वार्थमा आधारित निर्णय गरेको आरोप लगाइएको छ ।

क्यानले डिशहोम र एमएसएमबाट प्राप्त प्रस्तावमध्ये डिशहोमलाई प्राथमिकता दिएर ओटीटी अधिकार दिएको थियो ।

क्यानले यसअघि टेलिभिजनलाई मार्केटिङ समय नै नदिई क्यानले विभिन्न प्रकारका हेलचेक्रयाइँ गरेर समय घर्काएको थियो ।

दुई महिना अघि नै आह्वान हुनुपर्ने टेन्डर क्यानले एक साताअघि मात्रै खुलाएको थियो ।

पहिलो बिडिङ फारम बाँड्दा नेपालको टेलिभिजनलाई पनि एक्सक्लुसिभ भनिएकोमा अन्तिम समयमा त्यसलाई परिवर्तन गर्दै नेपाली टीभीलाई ननएक्सक्लुसिभ दिने जानकारी क्यानले गराएको हो ।

डिशहोमले ४ करोड ११ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र ७१/२९ प्रतिशत राजस्व साझेदारी प्रस्ताव गरेको थियो भने एमएसएम भिडियो र सुश्री मिडियाको जोइन्ट भेन्चर कम्पनीले ५ करोड २५ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र १५-८५ प्रतिशत साझेदारी प्रस्ताव गरेको थियो ।

आर्थिक रूपमा क्यानका लागि बढी लाभदायक प्रस्ताव पेस गर्ने कम्पनीलाई पन्छाएर डिशहोमलाई रोज्नु आन्तरिक प्रभाव र नीति–स्तरको भ्रष्टाचारको संकेत भएको दाबी गरिएको छ ।

‘क्यानले आन्तरिक सेटिङ गरेर रोयल्टी आउने कुनै आधार नै नभएको कम्पनीलाई अधिकार दिनुले यहाँ पूर्वसेटिङ छ भन्ने बुझिएको छ, सचिव पारस खड्काको स्वार्थ पनि देखिएको छ’ एमएसएम भिडियो एपका एमडी सुजन थापाले भने, ‘उहाँ आफैँ पनि डिशहोमको एमबासडर भएकाले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिएको छ ।’