२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हयात होटेलले गर्‍यो सबै कर्मचारी बर्खास्त

अ+ अ-

काठमाडौँ । हयात रिजेन्सी होटेलले जेन जेड आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटेल मर्मतका नाममा होटेलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटेलमा १ सय ३३ मजदुर रहेको होटेलले जनाएको छ ।

होटेलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटेल बन्द भएको, मर्मत सम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिएका छन् ।

उनले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात् मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गरिएको बताए ।

उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको आन्दोलन क्रममा होटेलमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागीजन्य क्रियाकलाप गरेका कारण होटेल पूर्णरुपमा बन्द छ, आगलागी र तोडफोडका कारण होटेल क्षतिग्रस्त भई पूर्वरूपले मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था समेत छैन, होटेलमा भएका एक जना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकी ज्यान बचाउन होटेलको ४ तलाबाट हामफाल्दा घाइते भई उपचारको क्रममा ज्यान गएको तथा होटेलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिको लगेज तथा सरसामान समेत आपराधिक समूहले लुटपाट तथा आगो लगाएको घटनाले अन्तर्राष्ट्रिय जगतमै होटेलको ख्यातिमा नकारात्मक प्रभाव परेको छ ।’

महाप्रबन्धक कुमारले भनेका छन्, ‘कोभिड १९ का कारण लामो समय होटेल तथा पर्यटन क्षेत्र बन्द भई ठुलो आर्थिक क्षति हुँदा भदौ २४ गतेको घटनाका कारण पुनः होटेललाई ठुलो आर्थिक क्षति भएको र मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने तथा मर्मत अवधिभर होटेलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले होटेल थप ठुलो आर्थिक चुनौती भोगिरहेको छ ।’