काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।
एक चिनियाँ नागरिकसहित उनीहरूलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट मंगलबार दिउँसो पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चिनियाँ नागरिक ३२ वर्षीय सिओङ चाङये रहेका छन् ।
प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१९०३१ च ५८०४ नम्बरको गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा गाडीको पछाडि साइडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद बरामद प्रहरीले जनाएको छ । त्यसपछि चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र सिओङ चाङयेलाई पक्राउ गरिएको हो ।
उनीहरुमाथि आवश्यक कारबाही हुने । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







