काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि) ले ज्यालादारीमा काम गरिरहेका ६ जना कर्मचारी कटौती गरेको छ ।
अहिले करार सेवा र मासिक ज्यालादारीमा काम गरिरहेका ६ कर्मचारीको करार सेवा तथा मासिक ज्यालादारी अवधि आजको मितिबाट लागु हुने गरी अन्त्य गरिएको नेवानिले जनाएको छ ।
नेवानिले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान संख्या मध्यनजर गरी कर्मचारी कटौती गर्दै लैजाने नीति रहेको समेत बताएको छ ।







