काठमाडौँ। निर्वाचन आयोगमा जनादेश पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएको छ ।
मंगलबार अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालले निर्वाचन आयोगमा निवेदन दिएको हो ।
जनादेश पार्टीमा आन्दोलनकारी जेन जेड र अनुभवी प्रोफेसनलहरूको सहभागिता रहेको कर्णले बताए । उनी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव पनि हुन् ।
दल दर्ताको आवेदन दिएपछि संयोजक कर्णले आफू केही समयका लागि संयोजकका रूपमा रहे पनि यसको नेतृत्व जेन जेड पुस्ताले नै गर्ने बताए ।।







