२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री

अ+ अ-

काठमाडौँ । तत्कालीन नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि आफूलाई स्वीकार्य भएको बताएकी छन्।

राष्ट्रिय सभा गृहमा आयोजित एमाले फर्क अभियानमा सम्बोधन गर्दै नेतृ झाँक्रीले जनताको रक्षा गर्ने पार्टी एमाले भएको बताइन्।

‘मेरा तर्फबाट सयौँ क्यामेराहरू तेर्स्याएका छन्। तपाईँहरूले पक्कै मलाई विगत र आज दाँजेर ट्रोल गर्नुहुन्छ होला। तर, मलाई स्वीकार्य छ। फागुन २१ मा चुनाव भए पनि नभए पनि अब यस्तै सभाहरूमार्फत यस्तै सन्देशहरू जनताको बीचमा जानुपर्छ। अहिलेको अवस्थामा भरोसा र जनताको रक्षक नै एमाले हो,’ उनले भनिन्।

उनले चार वर्षअघिको परिस्थिति जे जस्तो भए पनि अहिले बिना सर्त एमालेमा फर्किएको बताइन्। ‘चार वर्षअघि अलग भएका थियौँ। तर, आज बिना सर्त एमालेमा फर्किएका छौँ। मसहित थुप्रै नेताहरू पनि फर्किएका छौँ,’ उनले भनिन्। उनले आफू एमालेमा फर्किँदा थुप्रै जिज्ञासाहरू उब्जिए पनि आगामी दिनमा यो समयलाई प्रमाणित गर्ने बताइन्।

‘इतिहासमा मेरो तर्फबाट जे भएको थियो। त्यो कालखण्डमा मेरो लागि त्यही कुरा ठिक लागेको थियो। तर, मबाट भएका कुराहरूको सजाय समयलाई दिन तयार छु। आजको दिनको कुरा गर्दा, हामी तिनै मान्छे हौँ। कम्युनिष्ट आन्दोलनमा मेरा अग्रजहरू पनि यहाँ हुनुहुन्छ। यो कम्युनिस्ट आन्दोलनको मात्र नभएर अन्य आन्दोलन र जनजीविकाका सवाल र देशलाई समृद्धितर्फ डोर्‍याउने पनि हो। जुन एमालेबाट मात्र सम्भव छ,’ उनले भनिन्।

उनले जेन जेड आन्दोलनका नाममा रोटी सेक्ने काम भएको बताइन्। दुई महिनाअघिको कुरा स्मरण गर्दै भनिन्, ‘हामी कति आतंकित थियौँ। जसले हाम्रो घरमा आगो लगाउँदै गर्दा, सिंहदरवार जलाउँदै गर्दा, आज त्यही अवस्था होला भन्ने सायद कसैले सोचेका थिएनौँ। जेन जेडको नाममा जे भइरहेको थियो जे गरिँदै थियो त्यो सबै सरकारविरोधी काम थियो। सरकारविरोधी थिएन भने सरकारसँग माग कसले प्रस्तुत गरेका थिए,’ उनले ? प्रश्न गरिन्।

नेतृ झाँक्रीले जेन जेड आन्दोलनमा स्वामित्व खोज्नेहरूले सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत जलेकोलाई कसरी जस्टिफाइ गर्छ ? भनेर प्रश्न गरेकी थिइन्। उनले सरकारी भवन, निजी भवन, जिउँदै मान्छे जलाइँदा पनि ठिक भन्ने न्यारेटिभ दिन खोजिएको आरोप लगाइन्।