२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिके राउतको अभिव्यक्तिमा राप्रपाको आपत्ति, धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावनी

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले आपत्ति जनाएका छन् । धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न उनीहरूको राउतलाई चेतावनी छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही र मोहन श्रेष्ठ, केन्द्रीय सदस्य उद्धव भेटवाल लगायतले आपत्ति जनाएका हुन् । केन्द्रीय सदस्य भेटवालले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राउतलाई पक्राउ नै गर्न माग गरेका छन् ।

उनले लेखेका छन्, ‘जनमत नामक पसल छिन्नभिन्न हुन थालेपछि सिके राउतहरू विखण्डनको विष रोप्न उद्धत भएका छन् । विखण्डनकारी अभिव्यक्ति दिने राउतलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन जेन जेड सरकारसँग माग गर्दछु ।’

प्रवक्ता मोहन श्रेष्ठले मधेसमा राजनीतिक अस्थिरताको फाइदा उठाउँदै राउतले विखण्डनकारी मानसिकताको प्रदर्शन गरेको बताएका छन् ।

उनी भन्छन्, ‘मूलधारको राजनीतिमा आएका भनिएका सिके राउतले मधेस सत्ताको अस्थिरताको फाइदा उठाउँदै आफ्नो विगतको विखण्डनकारी मनोवृत्तिको पुनरावृत्ति गराएका छन् जुन आपत्तिजनक छ। नेपाली जनता र विशेष गरी तराई मधेसका देशभक्त राष्ट्रवादीले राउतको अभिव्यक्तिको सशक्त प्रतिवाद र खारेज गर्नेछन्।’

अर्का प्रवक्ता ज्ञानेन्द्र शाहीले मौका यही हो भन्दै तराइलाई देशबाट टुक्र्याउने खेलमा नलाग्न राउतलाई चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘नेपाल विविधता भित्रको एकताको देश हो, आदरणीय डा। सिके राउतज्यु ‘मौका नै यही हो’ भन्दै तराईलाई देशबाट टुक्र्याउने खेलमा नलाग्नुहोस् । यो मौका देश टुक्र्याउने होइन, सुशासन, भ्रष्टाचार, व्यथिति र अत्याचारका विरुद्धमा लड्ने र नयाँ नेपाल निर्माण गर्ने समय हो ।’