२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनदेखि मेलम्ची खानेपानी रोकिएपछि आज वार्ता हुँदै

अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि रोकिएको छ । पटक-पटक सहमति भए पनि आफ्ना मागहरू पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका-१, अम्बाथानमा रहेको सुरुङबाट पानी पथान्तरण रोकिदिएका हुन् ।

विभिन्न चरणका आन्दोलनमा गरिएको सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल र स्थानीयवासीले माग पूरा नभएसम्म पानी पथान्तरण नखोल्ने चेतावनी दिएका छन् ।

उनीहरूले ०८१ असोज २१ गते स्थानीय बाढीपीडित संघर्ष समिति र तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवीबीच भएको १० बुँदे समझदारी एउटा पनि कार्यान्वयन नभएकाले बाध्य भएर मुहानको सुरुङ बन्द गर्नुपरेको सरोकार समितिका सदस्य एवं वार्ता टोलीका एक सदस्यले जानकारी दिएको छन् ।

वार्ता टोलीका सदस्यका अनुसार आइतबार खानेपानी मन्त्रालय सिंहदरवारमा खानेपानी सचिव प्रमीलादेवीको संयोजकत्वमा मेलम्ची पीडित संघर्ष समितिको नेतृत्वमा राजनीतिक दल र युवाहरूको उपस्थितिमा यसअघि भएका सहमति कार्यान्वयनको लागि छलफल भएको हो ।

उक्त वार्ता प्रधानमन्त्री र अर्थ मन्त्रीसँग थप छलफल गरेर आज बस्ने भन्दै विनानिष्कर्ष टुंगिएको थियो । सोमबार (आज) २ बजेसम्म खानेपानी सचिव प्रमिलादेवीले प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा छलफल गरेर आएपछि वार्ता बस्नेछ ।

अनौपचारिक छलफलमा तत्काल पूरा गर्न सक्ने माग पूरा गरेर अन्य विषयमा वार्ता समिति गठन गर्ने छलफल भए पनि प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा खानेपानी सचिवको छलफलपछि थप वार्ता हुनेछ ।

दुवै स्थानको छलफलपछि खानेपानी सचिव प्रमीलादेवी र संघर्ष समितिबीचमा दिउँसो खानेपानी मन्त्रालयमा वार्ता समय तोकिएको छन् ।