२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओ तथा गायक दिनेशप्रसाद थानीको राष्ट्रभक्ति गीत ‘सयौँ थरी फूलहरूको’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका उपसचिव एवं रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा गायक दिनेशप्रसाद थानीको राष्ट्रभक्ति गीत ‘सयौँ थरी फूलहरूको’ सार्वजनिक भएको छ । गीतको भिडियो बिहीबार थानीले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सुनिता पराजुलीको शब्दमा तयार यस गीतमा थानीकै स्वर, सङ्गीत र अभिनय रहेको छ। गीतले राष्ट्र प्रेम, समानता र नेपालीपनको सशक्त सन्देश दिन्छ।
“सयौँ थरी फूलहरूको एउटै माला गाँस्न पाउँ,
जहाँ रहूँ संसारमा नेपाली भई बाँच्न पाउँ,
नेपाली भई हाँस्न पाउँ‘”

यी भावनात्मक पङ्क्तिहरूले नेपालीहरूबीचको एकता, माटोप्रतिको माया र साझा पहिचानको गौरवलाई उजागर गर्छन्।

गीतको छायाङ्कन रुकुम पश्चिमको सदरमुकाम मुसिकोट र वरपरका रमणीय स्थलहरूमा गरिएको हो। छायाङ्कन घनश्याम खड्काले गरेका हुन्। भिडियोमा थानीसँगै सशस्त्र प्रहरी नायब उपरीक्षक जनदिश चन्द्र हमाल र प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना पनि अभिनयमा देखिएका छन्।

सिभिल इन्जिनियरिङ पृष्ठभूमिबाट प्रशासनिक सेवामा प्रवेश गरेका थानी कर्मचारीसँगै सर्जक र गायकका रूपमासमेत समान रूपमा स्थापित छन्।

‘साँझपख’, ‘पाइने रैछ माया’ लगायत थुप्रै गीत र म्युजिक भिडियोमार्फत थानीले नेपाली सङ्गीत क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका छन्। वि.सं.२०५० सालदेखि रेडियो नेपालमार्फत आधुनिक गीत गायन यात्रा सुरु गरेका उनी पचास र साठीको दशकका चर्चित गायकहरूमध्ये एक मानिन्छन्।

उनी नेपाल टेलिभिजन र रेडियो नेपालमा समाचार वाचक तथा कार्यक्रम प्रस्तोताको भूमिकामा पनि लामो समय सक्रिय रहेका थिए।