काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ जना प्रमुख प्रशासकीय अधिकृतसहित नौ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई सरुवा गर्नुका साथै एक जना उपसचिवलाई पनि पालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको हो ।
केही दिनयता मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको निरन्तर सरुवा गर्दै आएको छ ।








