२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रलाई निष्क्रिय नगर्न निर्वाचन आयोगमा निवेदन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रलाई निष्क्रिय नगर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको  छ । सन्दीप पुनले शुक्रबार निर्वाचन आयोगमा यस्तो निवेदन दिएका हुन् ।

तर, कुन कानुनका आधारमा यस्तो निवेदन दिइएको हो र यसको प्रक्रिया के हुन्छ ? भन्नेबारे केही भनिएको छैन । आयोगले एउटा निवेदन आयो भन्ने रूपमा लिएर निवेदन ग्रहण गरिएको जनाएको छ ।

निवेदकले भने कुनै पार्टीमा विलय वा मर्ज गर्न चुनाव चिह्न र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न नसक्ने भएकोले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वैधानिक रूपले यथावत् रहेको दाबी गरेका छन् ।

यस्तो दाबी गर्दै आयोगलाई उक्त पार्टीको नाम तथा चुनाव चिह्न यथावत् राख्न र फ्रिज नगर्न अनुरोध गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यसमिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको र उक्त आयोजक समिति विधान बमोजिम नयाँ कार्यसमिति गठन नहुन्जेल काम चलाउ आयोजक समिति मात्र भएकोले पार्टी जीवनमा उक्त समितिले दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नसक्ने पुनको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको ऐतिहासिक जनयुद्ध र सोको आधारमा भएको सम्पूर्ण परिवर्तन हजारौँ शहीद, घाइते तथा बेपत्ताहरूको योगदानको आधार सोही नाम झण्डा र चुनाव चिह्न तथा मार्गदर्शक सिद्धान्तबाट भएकोले उक्त पार्टीको विधान विपरीत कुनै निर्णय गर्न नसक्ने र दबाब प्रभावबाट निर्वाचन आयोग प्रभावित नहुन अनुरोध गरेका छन् ।

पार्टीको नाम, झण्डा, चुनाव चिह्न र मार्गदर्शक सिद्धान्त फ्रिज गरी चुनावमा भाग लिन वञ्चित गरिएमा निर्वाचनको वैधानिकतामा नै प्रश्न उठ्ने चेतावनी समेत दिइएको छ ।