२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवको व्यङ्ग्य : ‘एकताको नाममा भृकुटीमण्डपमा नवरसको रमाइलो देखियो’

अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दश दलबीचको एकतालाई व्यङ्ग्य गरेका छन्।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौँमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै ‘विप्लव’ले भृकुटीमण्डपमा नवरशको रमाइलो देखिएको भन्दै व्यङ्ग्य गरेका हुन्।

‘हिजो यही भृकुटीमण्डपमा रमाइलो पनि देखियो,’ समायोजनमा आएका नौ दललाई संकेत गर्दै उनले भने, ‘नवरशमा हाम्रो रस मिसिएन। यथास्थितिमा हाम्रो रस मिसाउन मन लागेन।’

उनले आफ्नो पार्टी सधैँ सच्चा कम्युनिष्टहरूबीच एकताको पक्षधर रहेको भन्दै अहिले त्यस्तो अवस्था आई नसकेको बताए।

‘नेपालका कम्युनिष्टहरूबीच एकता आवश्यक छ। हामी पनि एकताको पक्षमा रहँदै आएका छौँ। तर, कस्तो एकता ? कहाँ पुग्ने एकता ?,’ प्रश्नले गर्दै उनले भने, ‘रूपान्तरणसहित एकता गरिएन भने २०६४ मा गणतन्त्र आयो आयो भनेर खुसी मनाएकाहरूले त्यही गणतन्त्र खरानी हुने अवस्थामा पुगेकोमा चिन्ता गर्नु पर्ने अवस्था आएजस्तो हुन्छ।’