काठमाडौँ । नेकपा एससँग एकताको तयारीलाई लिएर असन्तुष्ट माओवादी नेता एवं पूर्वमन्त्री सुदन किरातीले माओवादी रूपान्तरणका लागि ५ वटा विकल्प सुझाएका छन् । ती विषयको लिखित प्रतिबद्धता भए मात्र एकता गर्न सकिने उनको प्रष्टीकरण छ ।
फेसबुकमा स्ट्याटस लेख्दै किरातीले आवश्यक पर्दा संरक्षकले पार्टी विघटन गरी अधिवेशनको घोषणासम्म गर्न पाउने गरी विधान संशोधन गरी नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँट गर्न सुझाएका छन् ।
माधव नेपालतर्फ लक्षित गर्दै उनले भ्रष्टाचार मुद्दाको छानबिन भइरहेको बेला एकता तत्काल नगर्न भनेका छन् । ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाएर पदाधिकारीलाई निर्देश कमिटीमा बदल्नुपर्ने साथै तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिनुपर्ने विकल्प पनि किरातीले विकल्प अघि सारेका छन् ।
किरातीले लेखेका छन् :
१. विधान संशोधन गरेर नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँट गरौँ । (आवश्यक पर्दा संरक्षकले पार्टी विघटन गरी अधिवेशनको घोषणासम्म गर्न पाउने गरी)
२. पार्टी, आन्दोलन र जेन जेड विद्रोहको भावना विपरीत व्यक्तिको लागि गर्न लागिएको अपूर्ण र अपवित्र (भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन भइरहेको बेला) पार्टी एकता तत्काल रोकौँ ।
३. क. ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदलौँ ।
४. स्थायी समितिदेखि अग्रज नेताहरूको एक केन्द्रीय राजनीतिक समिति बनाऔँ । (राष्ट्रिय महत्त्वको निर्णय र सांसद छनोट गर्ने लगायतको अधिकार सो समितिलाई विधानमा व्यवस्था गरौँ)
५. तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिउँ र त्यो तेस्रो पुस्ताले पुलको भूमिका स्वरूप पुरानोको अनुभव र नयाँ ९जेन(जी० पुस्ताको ऊर्जालाई जोडेर पार्टीलाई गति दिउँ वा अप्ठ्यारोमा परेको पार्टीलाई उद्धार गरौँ ।







