२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्ड्रूको राजकुमार उपाधि खोसियो, दुई छोरीको उपाधि यथावत्

अ+ अ-

लण्डन । बेलायतका राजकुमार एन्ड्रूको आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ। 

बकिङ्गम प्यालेसले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ। 

एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा परेका उनले राजकीय आवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ। 

उनको निजी जीवनबारे अनेकौँ प्रश्न उठेपछि एन्ड्रूले ’ड्यूक अफ योर्क’सहितका अन्य राजकीय उपाधिहरू यसअघि नै परित्याग गरेका थिए । 

यही महिनाको आरम्भमा प्रकाशित संस्मरणमूलक पुस्तकमा भर्जिनिया जूफ्रेले आफूले किशोरावस्थामा राजकुमार एन्ड्रूसँग तीन पटक यौन सम्बन्ध राखेको दाबी दोहोर्‍याएकी छन् । उक्त पुस्तक मरणोपरान्त प्रकाशित भएको हो। एन्ड्रूले उक्त आरोप सधैँ खण्डन गर्दै आएका छन्। 

अहिले विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै जूफ्रेको परिवारले उनले ‘आफ्नो सत्य र असाधारण आँटका कारण बेलायतका राजकुमारलाई उपाधिविहीन बनाएको’ बताएको छ। जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेकी थिइन्। 

औपचारिक प्रक्रिया सुरु

राजाबाट ‘राजकुमार एन्ड्रूका राजकीय पद, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया’ सुरु भएको राजदरबारले जनाएको छ। 

उनको राजकीय उपाधिसँगै राजकीय आवास ‘छोड्नका लागि औपचारिक सूचना पनि दिइएको’ दरबारले जनाएको छ। 

उनी राजा चाल्र्सले किनिदिएको ठानिएको सान्ड्रिङ्गम इस्टेटस्थित निजी आवासमा सर्ने छन्। 

एन्ड्रूले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका भए पनि यस्ता कारबाही आवश्यक भएको राजदरबारले जनाएको छ। 

राजदरबारले ‘सबै प्रकारका दुर्व्यवहारका’ पीडितमाथि आफ्नो साथ रहने जनाएको छ। 

एन्ड्रूका दुई छोरी यूजनी र बीट्रिसको राजकुमारी उपाधि यथावत् रहने छ। 

जूफ्रेको संस्मरणमा यौन दुर्व्यवहारको आरोप प्रकाशित भएपछि राजकुमारको जेफ्री एप्स्टीनसँगको सम्बन्धको विषय पुनः बहसको विषय बनेको थियो। 

एन्ड्रूले जूफ्रेसँग दुर्व्यवहार गरेको आरोप अस्वीकार गर्दै आएका थिए । एन्ड्रूले एप्स्टीनसँग आफ्नो सम्बन्ध पहिल्यै अन्त्य भएको दाबी गरेका थिए । सन् २०११ का इमेलहरू फेरि बाहिरिएपछि उनी एप्स्टीनसँग सम्पर्कमा रहेको पुष्टि आधार बनेको थियो ।