२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्णिम वाग्लेले भने : ‘जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ’

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरूमा रूपान्तरणको चाप बढाएको बताउँदै त्यसलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने उनले बताए ।

‘डा. बाबुराम भट्टराईले पनि एउटा उदाहरण प्रस्तुत गर्ने भएको छ । दल छोडेर उहाँले एउटा स्वतन्त्र र पूर्वप्रधानमन्त्रीको हैसियतमा अहिले हुनुहुन्छ । अन्य दलमा पनि यसले जुन रूपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ । त्यसलाई बिस्तारै संग्रह गरेर सुशासन पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानु नै पर्ने हुन्छ,’ वाग्लेले भने ।

उनले अगाडि भने, ‘पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । अग्रगमनको बाटोमा जानुपर्नेछ । पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरूलाई पनि जोगाउनु छ । कहिलेकहीँ यो हुल आँधीबेहरीमा पुराना उपलब्धिलाई बढार्ने काम हुन्छ । पश्चागमनका प्रयासहरू पनि हुने गर्दछन् । त्यसैले अगाडि नै जाने हो ।’

विधि, विधान, संविधानलाई धेरै मिच्न नहुने भन्दै उनले त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुरालाई पनि ट्रयाकमा ल्याउनु पर्ने उनले बताए । तर ट्रयाकमा ल्याउने विधिहरू पनि सीमित रहेको उनले बताए ।