२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठ पूजाको तयारी पूरा

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशमा आराध्यदेव सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ । तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र समृद्धिको कामनासहित यो पर्व विशेष् रूपमा मनाइन्छ ।

विशेषगरी तराई मधेश क्षेत्रमा बस्ने हिन्दू धर्मावलम्बीले यसलाई महत्त्वका साथ मनाउने गर्दछन् । यो पर्व मधेस प्रदेशका आठवटै जिल्लामा अझ विशेष रूपमा मनाउने प्रचलन छ । यहाँ एक अर्कालाई सहयोग गर्दै नदी, नहर, तालतलैया, पोखरीलगायत जलाशय क्षेत्रमा छठको घाट निर्माण गरी यो पर्व मनाउने चलन छ ।

यस वर्षको छठको पूजाका लागि मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका नदी, नहर, पोखरी, इनारलगायत जलाशयमा छठको घाट निमार्ण कार्य पूरा भएको छ । कोरोनाकालदेखि कतिपयले आफ्नो घरको छतमा जलाशय बनाएरसमेत छठपूजा गर्ने गर्छन् ।

गंगा सागर पोखरी छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले जनकपुरधामका छठका घाटहरू विगतको तुलनामा व्यवस्थित गरी सिंगारीरिएको बताए ।

हिन्दू धार्मिक मान्यताअनुसार यो पर्व वर्षमा दुईपटक अर्थात् कात्तिक र चैत महिनामा निष्ठापूर्वक मनाइने गरेको छ । पण्डित सूर्यकान्त झाका अनुसार कार्तिक शुक्ल चतुदर्शीका दिन सुरु हुने सूर्य उपासनाको यस पर्वलाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा छठी महापर्व पनि भनिन्छ ।

छठ पर्व चार दिनसम्म मनाउने गरिएको छ । पूजाको प्रथम दिन व्रतालुहरू नुहाई धुवाई शुद्ध भई पूजन सामग्री तयारीमा लाग्ने गर्छन् । यसदिन व्रत बस्नेले चोखो अरवा चामलको भात, चना तथा रहरको दाल तथा लौका वा फर्सीको तरकारी खाने गर्छन् । दोस्रो दिन व्रतालुहरूले खरना मनाउने गर्छन् । जसमा व्रतालु निर्जल रही बेलुका माटोको चुलोमा खिर, रोटी तथा पुरी पकाएर भगवान्लाई चढाएर त्यही प्रसाद खाने तथा आफन्तजनलाई प्रसाद खुआउने गर्छन् ।

त्यसपछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत सुरु हुन्छ । त्यस अवधिमा व्रतालुहरू पानीसमेत नखाई सूर्यपूजा तथा उपासनामा रहन्छन् । यसै क्रममा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ ।

हाल छट पर्व मनाउन रोजगारी तथा काम विशेषले घरबाहिर रहेका युवायुवती, केटाकेटी, वृद्धवृद्धा तथा आफन्तहरू आ–आफ्ना घरमा पुगेर खुसी साटासाट र आवश्यक सहयोग गरिरहेका छन् । छठ पर्वका लागि आवश्यक पूजा सामग्री किनमेल, घरआँगन लिपपोत, सजावट, बाटोघाटो सरसफाइलगायत काम धमाधम भइरहेको छन् ।

यसैबीच यस वर्षको छठ पर्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष योजनाका साथ सुरक्षा प्रबन्ध मिलाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले शान्ति सुरक्षाका लागि ‘अपे्रसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यावयनमा ल्याइएको जानकारी दिए ।