काठमाडौँ । संखुवासभामा एक जनाको हत्या भएको छ। खाँदबारी नगरपालिकाको सालबिलाउसे बस्ने करिब ५५ वर्षका कर्णबहादुर कुमालको मंगलबार साँझ हत्या भएको हो।
हत्यामा संलग्न २५ वर्षीय विक्रम कुमाल एक घण्टामै पक्राउ परेका छन्। कर्णबहादुर विक्रमको घरमा गएकोमा उनले धारिलो हतियार प्रहार गरी कर्णबहादुरको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीको नेतृत्वमा खटिएको टोलीले विक्रमलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।







