२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीबाट दुई घर जलेर नष्ट

अ+ अ-

काठमाडौँ । नुवाकोटको ओखरपौवामा आगलागी भएको छ। ककनी गाउँपालिका-१ जल्किनिमा मंगलबार स्थानीय बलराम बलामी र गाउँले बलामीको घर आगलागीमा परि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

पहिले बलराम बलामीको २ तले घरमा करेन्ट सर्ट भई आगलागी हुँदा उक्त घरसँगै जोडिएको छिमेकी गाउँले बलामीको २ तले घरमासमेत आगलागी भएको कारण दुवै घर जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

आगलागीबाट दुवै घर पूर्ण रूपमा क्षति भएको छ। बलराम बलामीको घरमा रहेको किराना पसल, धान, मकै, कोदो, गहुँ, भाँडाकुँडा, लत्ताकपडा र गाउँले बलामीको घरमा रहेको धान, मकै, कोदो, गहुँ, भाँडाकुँडा, लत्ताकपडा, पूर्ण रूपमा जलेर ध्वस्त भएको डिएसपी विक्रम लामाले बताए। उनका अनुसार दुवैको घरमा नगद रुपैयाँ समेत जलेर नष्ट भएको छ।

स्थानीयवासी, सर्वसाधारण र प्रहरीले आगो निभाएका थिए। तिहारको समयमा बालिएको बत्तीको करेन्ट सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको प्रहरीको भनाई छ।