काठमाडौँ । संघीय संसद भवनमा आज पनि प्रदर्शनकारीहरू प्रवेश गरेका छन्।
‘जेन जेड’ले सोमबार आयोजना गरेको आन्दोलनमा भएको प्रहरी दमनको विरोधमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। त्यसै क्रममा उनीहरू आज पनि संसद भवनभित्र छिरेका हुन्।
सोमबार पनि प्रदर्शनकारीहरूले संसद भवन प्रवेश गरेका थिए। त्यसपछि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए।
आज पुनः संसद भवन प्रवेश गरेपछि घटनास्थलमा ठूलो संख्यामा सुरक्षा व्यवस्था परिचालन गरिएको छ।







