२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल रेडक्रस सोसाइटीको भविष्य जोखिममा परेको छ’ : आईएफआरसी

अ+ अ-

काठमाडौँ। रेडक्रसको अन्तर्राष्ट्रिय निकाय आईएफआरसीले नेपाल रेडक्रसको भविष्य जोखिममा परेको उल्लेख गरेको छ ।

आईएफआरसीको अनुपालन तथा मध्यस्थता समिति संयोजक क्रिस्टिना कुम्पुलाले नेपाल रेडक्रसलाई बिहीबार पत्र पठाएर चिन्ता व्यक्त गरेकी हुन् ।

आईएफआरसीको निलम्बनमा परेका पूर्व अध्यक्ष सुदर्शन नेपालले अदालतमा दायर गरेको रिटले निराश बनाएको कुम्पुलाले पत्रमा लेखेकी छन् ।

राजनीतिक दलको आधारमा तदर्थ समितिमा गरिएको भागवण्डाप्रति आपत्ति जनाउँदै पूर्व अध्यक्ष नेपालसहित चार व्यक्तिलाई आईएफआरसीले निलम्बन गरेको थियो ।

वर्तमान सरकारले विनोद शर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । त्यसविरुद्ध नेपाल पक्षधरले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । उक्त मुद्दा अझै विचाराधीन छ ।

‘विवादमा संलग्न पहिलेका समितिहरू मध्येको एक समितिका सदस्यले नयाँ तदर्थ समिति गठन गर्ने निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा निवेदन दर्ता गराइएको छ भन्ने सुन्दा हामी धेरै निराश भएका छौँ,’ नेपाल रेडक्रसलाई पठाइएको पत्रमा भनिएको छ ।

यस परिस्थितिले नेपाल रेडक्रस सोसाइटीको प्रतिष्ठा तथा स्रोतहरूमा ठूलो क्षति पुग्न गएको उल्लेख गरिएको छ । सरकारको निर्णयका विरुद्ध अदालतमा रिट दर्ता गर्नु नेपाल रेडक्रस सोसाइटीको मानवीय लक्ष्यका विरुद्धको आघात भएको पत्रमा लेखिएको छ ।

राजनीतिक अथवा व्यक्तिगत स्वार्थभन्दा नेपाल रेडक्रसको भविष्यलाई ख्याल गरेर मुद्दा फिर्ता लिन आग्रह समेत गरिएको छ ।