२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपन्नताका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्छ’ : मन्त्री सुडी

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता आर्थिक हैसियतका आधारमा वितरण गर्नुपर्नेमा जोड दिए। राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधेयक समितिको आजको बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, “नेपालमा २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छ, सामाजिक सुरक्षा भत्ता पहिला उनीहरूलाई दिनुपर्छ, उद्योगपति विनोद चौधरीको आमाबाबुलाई किन भत्ता दिनुपर्‍यो ?, मेरो आमाबुबा, श्रीमतीलाई किन सामाजिक सुरक्षा भत्ता चाहियो, त्यसकारण आर्थिक रूपमा सम्पन्न होइन, विपन्नलाई आधार मानेर मात्र भत्ता दिनुपर्छ ।” 

धनी वा गरिब सबैलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यको आर्थिक अवस्थाले धान्न नसक्ने उनको भनाइ छ । मन्त्री सुडीले राज्यको आर्थिक अवस्थाको आकलन नगरीकन आफूले जश लिनेगरी सबै राजनीतिक पार्टीले आफ्नो सरकारको पालामा अन्धाधुन्ध सामाजिक भत्ता बढाउने गरेको पनि बताए ।

“अहिले सामाजिक सुरक्षाको बजेट खर्बमा छ, के यो राज्यले धान्न सक्छ ?, खाली आफ्नो पार्टीको हकहितका लागि रु १०० देखि सुरु भयो, मेरो पार्टी सरकारमा आएपछि रु दुई सय भयो, अर्को पार्टी आयो रु पाँच सय, फेरि अर्को पार्टी सरकारमा आयो रु एक हजार, फेरि अर्को पार्टी आयो रु चार हजार, त्यसैले नेपालको आर्थिक अवस्थाले यो धान्न सक्दैन, सक्दै सक्दैन”, उनले भने। विश्वको आर्थिक समृद्धिमा तेस्रो स्थानमा रहेको भारतले सामाजिक सुरक्षा भत्तास्वरुप प्रतिव्यक्ति रु पाँच सय मात्र दिने गरेको उदाहरण पनि दिए।