काठमाडौँ । लोक सेवा आयोगले नेपाल परराष्ट्र सेवामा उपसचिव वा सो सरह पदका लागि आठ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
आयोगको विज्ञापन नं. १६६६७/०८१-८२ अन्तर्गत माग गरिएको आठ पदका लागि लिखित परीक्षा, अन्तर्वार्ता र इन बास्केट मूल्यांकनको आधारमा बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको हो।
आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार, ११ जना उम्मेदवार अन्तर्वार्तामा सहभागी भएका थिए। तीमध्ये आठ जना सिफारिस योग्यतामा परेका छन् भने दुई जना वैकल्पिक योग्यतामा सूचीकृत भएका छन्।








