२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुन:स्थापनको माग गर्दै १३ दिनदेखि शुक्लाफाँटा आरक्ष विस्थापित रिले अनशनमा

अ+ अ-

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले पुन:स्थापनाको माग १३ दिनदेखि रिले अनशनमा बसेका छन् ।

विसं २०५८ मा आरक्ष क्षेत्र विस्तार गर्दा घरबार गुमाएका परिवार उचित बसोबास, क्षतिपूर्ति र द्वन्द्वपीडित घोषणाको माग गर्दै अनशनमा बस्दै आएका हुन् । आरक्ष विस्थापित परिवार कृष्णपुर नगरपालिका–२ वनहरा र निकुञ्जको ढक्का शिविरमा रिले अनशनमा बसेका छन् ।

पीडित परिवारले दश कट्ठा जग्गा, घरगोठ, काठपात, अन्नपातलगायत २४ वर्षअघि विस्थापनका क्रममा जलाइएका सम्पत्तिको क्षतिपूर्ति दिलाउनुपर्ने माग अघि सारेका छन् । तत्काल पुन:स्थापनाको व्यवस्था गर्नुपर्ने उहाँहरूको माग रहेको छ ।

“निकुञ्ज विस्तारको नाममा घरबारबाटै लखेटियो, अर्कातिर कुनै क्षतिपूर्ति नदिई खाली हात बनाइयो”, आरक्ष पीडित केन्द्रीय समितिका अध्यक्ष प्रेमदत्त भट्टले भने, “समाधान नभएसम्म अनशनको आन्दोलनलाई निरन्तरता दिन्छौँ ।”

पीडितको समस्या समाधानका लागि विगतमा दुई दर्जनभन्दा बढी आयोग बने पनि ठोस परिणाम नदेखिएको उहाँको भनाइ रहेको छ । समितिका उपाध्यक्ष अक्कलबहादुर विष्टका अनुसार, दुई हजार ४७३ परिवारलाई विस्थापितका रूपमा पहिचान गरी परिचयपत्र वितरण गरिए पनि पुन:स्थापनाको कार्य हुन नसकेको छैन ।

सरकारले आरक्ष विस्थापित परिवारलाई अहिलेसम्म आधारभूत सेवा–सुविधासमेत नदिएको पीडितको गुनासो छ । 

“गैरनागरिकझैँ व्यवहार भइरहेको छ, शिक्षा, स्वास्थ्य, आवास, खानेपानी र रोजगारजस्ता सुविधा उपलब्ध छैनन्”, विष्टले दुखेसो पोखे ।

हाल जिल्लाका विभिन्न स्थानमा गरी १४ वटा शिविरमा आरक्ष विस्थापित परिवार बस्दै आएका छन् । त्यसमध्ये तीन शिविर निकुञ्जभित्र नै छन् भने बाँकी शिविर बाहिरी क्षेत्रमा छन् । धेरै परिवार अझै पनि प्लास्टिकको झुपडीमा बस्न बाध्य छन् । दैनिक जीवन धान्न अधिकांश भारततिर मजदुरी गर्न जाने गरेका छन् ।

“सरकार भनेको अभिभावक हो, तर अहिलेको स्थितिले हामीलाई पूर्ण बेवारिसे बनाएको छ”, समितिका सचिव मोहनदत्त बडुले भने, “१३ दिनदेखि अनशन जारी छ, तर सरकार मौन छ ।” विस्थापितले पुन:स्थापनासँगै शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, खानेपानी, बिजुली, रोजगारी र ६० वर्ष उमेरका वृद्धवृद्धाका लागि भत्ता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । “हामीलाई संविधानले दिएको मौलिक हक सुनिश्चित गर्नुपर्छ”, समितिका कोषाध्यक्ष कृष्ण भट्टले भन्नुभयो, “संविधानले सबै नागरिकलाई आवास, जग्गासँगै रोजगारीको हक हुने भनिएको छ, त्यसकै प्राप्तिका लागि वर्षौँदेखि संघर्ष गर्नुपर्ने बाध्यता छ ।”

दैनिक जीवन कष्टकर बनेको पीडित राजी लुहारले भने, “बिहान खाएपछि बेलुकी के खाने भन्ने चिन्ता हुन्छ, खुट्टा टेक्ने जग्गा छैन, रोजगारी छैन, लालाबाला केले पाल्ने चिन्ता छ, वनछेउको झुपडीमा बस्दा जंगली जनावरको आक्रमणमा परेर ज्यान गुमाउनुपर्ने खतरा छ ।”

“राजनीतिक दलहरूले २४ वर्षसम्म पुनः स्थापनको आश्वासन बाँड्दै भोट बैंकका रूपमा मात्र प्रयोग गरे” उनले थप भने, “स्थायी समाधानका लागि चासो देखाएनन्, हाम्रो पीडा बुझिएन ।” पूर्वन्यायाधीशको संयोजकत्वमा दुई/दुई पटक अधिकार सम्पन्न आयोग बने पनि प्रतिवेदन बुझाउने र परिवारको सङ्ख्या घटबढ गर्ने कामबाहेक कुनै प्रगति हुन नसकेको उहाँको बुझाइ रहेको छ ।

साउन २२ गतेदेखि महेन्द्रनगरमा सुरु भएको रिले अनशन अहिले शिविरमै जारी छ ।