२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

अ+ अ-

काठमाडौँ । चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ ।

सिएफआरडीले आयोजना गरेको कार्यक्रममा ललितपुरका दुई र नुवाकोटको एक गाउँबीच सो परियोजना सञ्चालन गर्न सम्झौता भएको हो ।

चीनको कोइलुङ र ललितपुरको गोटीखेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ एवं नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच सो सम्झौता भएको हो । आगामी दिनमा ती गाउँका अनुभव आदानप्रदान हुने जनाइएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडीले विगत १० वर्षदेखि निरन्तर खानेपानी, शिक्षा र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

उनले यस्ता कार्यले दुई देशका जनस्तरको   सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा सिएफआरडीसँग मिलेर दुई देशको सम्बन्ध र विकासमा नयाँ युगको सुरुआत गर्न सकिने बताए ।

ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले  सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए । समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले गरिबी निवारणमा सिएफआरडीले महत्त्वपूर्ण सहयोग गरेको बताए ।

सो अवसरमा  सिएफआरडीका निर्देशक चेन हानटाउले नेपालको गरिबी न्यूनीकरण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । सो परियोजनाले नेपालमा हाइब्रिड धान खेती, उच्चस्तरीय सागसब्जी खेतीजस्ता कार्यक्रम सञ्चालन गरेर गरिबी न्यूनीकरणमा योगदान गर्दै आएको छ ।

कार्यक्रममा कृषि, विपद् व्यवस्थापनलगायतका क्षेत्रका सफल अनुभव प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।