काठमाडौँ । नेपाली सेनाका पूर्वकर्णेल डा. प्रद्युम्न पौडेल र सशस्त्र प्रहरीका पूर्व डिआइजी दुर्गा भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष रहेका ललित बहादुर श्रेष्ठसहित नेपाली सेनाका पूवकर्णेल पौडेल र सशस्त्र प्रहरी बलका पूर्व डिआइजी भट्टराई पार्टी प्रवेश गरेका पार्टी प्रवक्ता मनिष झाले बताए ।
पार्टी प्रवेश गर्नेहरूलाई कार्यवाहक सभापति डीपी अर्याललगायतले लोगो लगाएर स्वागत गरेका थिए ।
सोही कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबको पूर्व गभर्नर र रेउकाई नेपालको पूर्वअध्यक्ष रहेकी महिला उद्यमी शोभा जोशी पनि पार्टी प्रवेश गरेका छन् ।







