२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण

अ+ अ-

मोरङ । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्वसाधारण नागरिकलाई निजी क्षेत्रभन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ ।

विराटनगर महानगरपालिका–१० स्थित आफ्नो भवनमा अत्याधुनिक प्रयोगशालाबाट दैनिक एक सय ५० भन्दाबढी बिरामीले सेवा लिइरहेका प्रयोगशालाका प्रमुख प्रकाश कार्कीले जानकारी दिए। प्रयोगशालाबाट प्रदेशका १४ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । गत आव २०८१/८२ मा २३ हजार ६९० जना बिरामीले प्रयोगशालाबाट परीक्षण सेवा प्राप्त गरेका छन् ।

प्रयोगशालामा आएर प्रत्यक्ष रूपमा २२ हजार ३९० जनाले सेवा प्राप्त गरेका छन् भने हुलाक सेवामार्फत प्रदेशका विभिन्न जिल्लाका एक हजार ३०० बिरामीले सेवा प्राप्त गरेको प्रमुख कार्कीले बताए ।  

प्रयोगशालाले सेवा प्रदान गरेबापत गत आवमा रु एक करोड ६५ लाख २७ हजार ४४० राजस्व संकलन गरेको जनाउँदै उनले रु ६९ लाख ३४ हजार ७३५ ज्येष्ठ नागरिक, विपन्न, अशक्तलगायत व्यक्तिलाई छुट दिइएको बताए । सेवाग्राहीलाई एउटै कोठाबाट प्रयोगशालासम्बन्धी विभिन्न स्वास्थ्य परीक्षण गर्न ‘इन्टिग्रेटेड’ सञ्चालनमा ल्याएको छ ।

गत आवमा पाँच हजार महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको कार्यालयले जनाएको छ । प्रदेशस्थित सम्पूर्ण निजी प्रयोगशालालाई स्थानीय तह र संघीय सरकारको समन्वयमा पूर्ण रूपमा दर्ता प्रक्रियामा सहभागी गराउनुका साथै क्षयरोग, मलेरिया, डेङ्गु, दादुरा, जेईजस्ता रोगको पहिचानका लागि मलिकुलर विधिबाट परीक्षण सुरु गर्ने लक्ष्य राखिएको प्रमुख कार्कीले जानकारी दिए ।