२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्र वर्षे चण्डेश्वरी अजिमा जात्रा टोलटोल घुमाएर मनाइयो

अ+ अ-

काठमाडौँ । भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ । 

लिच्छविकालीन जात्राको रूपमा मनाउँदै आइएको जात्रा प्रत्येक १२ वर्षमा एक पटक गाईजात्राको भोलिपल्ट मनाउने परम्पराअनुसार आज मनाइएको हो । 

त्यस क्रममा चण्डेश्रवी अजिमाको मूर्तिलाई खटमा बिराजमान गराई खटलाई चासुखेल चण्डेश्वरी मन्दिर हुँदै सुकुलढोको, पाँचतले मन्दिर, टौमढीलगायत टोलटोलमा घुमाएर मनाएको हो । 

इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर चण्डेश्वरीको यो जात्रा लिच्छविकालीन समयदेखि प्रचलनमा आएको अध्ययनले देखाएको बताए । उनले आनन्ददेवकै समयमा चण्डेश्वरी अजिमा जात्राको सुरु भएको अध्ययनबाट प्रमाणित भएकाले बताए । 

यसअघि विसं २०४२, २०५२,  २०६२ र २०७२ देखि जात्रा मनाइने गरेको स्थानीय बुद्धकृष्ण कर्माचार्यले जानकारी दिए।  विसं २०४२ भन्दा अगाडि १२ वर्षे जात्रा ३० वर्षसम्म सञ्चालन हुन नसकी रोकिएकामा निलबाराही धान नपाक्ने समस्या आएपछि जात्रा पुनः सुरु भएको इतिहास रहेको उनले बताए । 

चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकले विसं २०५२ विपद् अन्त्यका लागि भन्दै जात्रा मनाएको र २०६२ सालमा चण्डेश्वरी अजिमा मुख्य देवता नै चोरी भएपछि नयाँ देवता बनाएर मनाइएको स्मरण गरे। 

विसं २०७२ साल वैशाख १२ गतेको महाभूकम्पपछि सोही वर्ष पनि जात्रा मनाइएको उनले जानकारी दिए । 

यसवर्ष पनि जात्रा मनाउने विशेष पूजा गरी जात्रा मनाइएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष सानुलाल त्वानाबासुले जानकारी दिए । शक्तिकी देवीको रूपमा मानिदै चाँपको काठबाट बनेको चासु: अजिमालाई खटमा राखी विधिपूर्वक खटलाई भक्तपुर नगर परिक्रमा गराइएको उनले बताए ।