२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेदमा पहिलो विद्यावारिधि गर्ने पोखरेल सम्मानित

अ+ अ-

काठमाडौँ । विश्वसंस्कृत दिवसका अवसरमा नेपालबाट वेद विषयमा पहिलो विद्यावारिधि गरेका प्रा. डा. ऋषिराम पोखरेललाई सम्मान गरिएको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्वसंस्कृत दिवसका अवसरमा आज जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरिएको हो । प्रतिष्ठानको आह्वानमा विसं २०७५ देखि विश्वसंस्कृत दिवस मनाउन थालिएको हो । 

प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, सम्मानित व्यक्तित्व पोखरेल, विश्वसंस्कृत दिवस कार्यक्रम संयोजक प्रा. डा. माधवप्रसाद पाण्डेय, प्रा. डा. जीवन अधिकारीलगायतले संस्कृतको महत्त्वका बारेमा प्रकाश पारेका छन् ।

प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी) को दिनमा मनाइने विश्वसंस्कृत दिवसको आठौँ संस्करण नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाइएको हो । 

आठौँ विश्वसंस्कृत दिवसको मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजना गरिएको विश्वसंस्कृत दिवस कार्यपरिषद् (आयोजक समिति)का संयोजक प्रा. डा. पाण्डेयले राससलाई जानकारी दिए । 

संस्कृत भाषामा निहित ज्ञान र सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको संकल्पकर्ता डा. निर्मलमणि अधिकारीले बताए । प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु गरिने हुनाले पनि यसै दिनलाई दिवसका रूपमा मनाउन थालिएको बताउँदै उनले दिवसलाई आधिकारिकता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसंघ समक्षसमेत प्रस्ताव लगिने जानकारी दिए ।

जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासंघ नेपाल, सहृदयता समाज नेपाललगायत संस्थाको सहकार्यमा नेपालमा आज कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक पाण्डेयले बताए ।

यसैगरी विश्वसंस्कृत दिवसका लागि अन्तरराष्ट्रिय तहमा सहृदयता इन्टरनेसनल, इन्टरनेसनल फेडेरेसन अफ् सनातन धर्म, नेपाली हिन्दु फोरम युके, सनातन धर्म अष्ट्रेलिया, विश्व भुटानी हिन्दु संगठन, ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल साइन्सलगायत संस्थाले सहकार्य गरेका छन् ।